नविना श्रेष्ठ
टाेखालाइभ डटकम/मंसिर १९,२०७८
काठमाडौ महानगरपालिकामा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर तह सम्म नेपालभाषा अध्ययन कक्षा सुरु गर्न शुक्रबार रत्न राज्य क्याम्पसको एक सभाहलमा ओरेन्तेसन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका सभापति डा.जीवन धर ज्ञवाली सथामा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको बिशेष अतिथ्यतामा मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा कुशुम शाक्य रहनुभएकाे थियो ।

आर.आर क्याम्पसले महानगरको सहकार्यमा यस शैक्षिक सत्रदेखि स्नाकोत्तर तहसम्म अध्ययन बिधिबत रुपमा सुरुवात भएको दिन अब नेपालभाषा विश्वमा सभ्य भाषा लिपि, कला, साहित्य, संस्कृतिले भरिपूर्ण इतिहास बोकेको भाषाको उत्थानको लागि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबाट क्याम्पसलाई सधै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि डिन प्रा.डा कुसुम शाक्यले अध्ययनका लागि भराउने विद्यार्थी सबैलाई अध्ययन गर्ने नै हो भने आफू जिम्मेवारी पूर्व कक्षामा उपस्थित भएर अध्ययन गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका सभापति डा. जीवन धर ज्ञवालीले अध्ययन गर्न आउने सबैलाई शुल्क लिएर अध्ययन गराउनाले अध्ययन गर्ने विद्यार्थीहरुले अति गम्भीर भएर अध्ययन गर्ने भएकोले शुल्क लाग्ने बताए। कार्यक्रममा उपस्थित अग्रसर शिक्षक-शिक्षिका तथा अध्ययनका लागि उपस्थित भएका विद्यार्थीहरु लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए।

