• TOKHA LIVE

    • १८ मंसिर २०७८, शनिबार २१:०७

    रोहित चन्द नायक बन्दा पर्सिजाको जित

    टाेखालाइभ /मंसिर १८,२०७८

    काठमाण्डौं । रोहित चन्द नायक बन्दा उनी सम्मिलित क्लब पर्सिजा जकार्ताले ईण्डोनेशियन लिगा वानमा जित हासिल गरेको छ ।

    पर्सिजाको घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा रोहित चन्दको निर्णायक गोलको मद्दतले पर्सिजाले तिरा पेर्सिकाबोलाई १–० गोल अन्तरले हराएको हो ।

    पर्सिजाको जितमा रोहितले गरेको एकमात्र उत्कृष्ट गोल नै निर्णायक बन्न पुग्यो ।

    तिरा पेर्सिकाबोसंग खेलको पहिलो हाफमा गोलरहित बराबरी खेल पछि खेलको दोश्रो हाफमा रोहितले गोल गर्दै पर्सिजालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

    जितसँगै १५ खेलमा २१ अंक जोडेको पर्सिना नवौं स्थानमा छ। यस्तै हारको सामना गरेको पेर्सिकोबा समान खेलमा १५ अंकका साथ १३औं स्थानमा छ ।

    तस्विर: पर्सिजा जकार्ता

    Facebook Comments

    छुटाउनुभयो कि? सबै