टाेखालाइभ /कात्तिक २८, २०७८
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि २० विश्व वरीयतामा नेपालले उत्कृष्ट सुधार गरेको छ । शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिए संगै नेपालले टेस्ट टोली आयरल्यान्डसँगै टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्ड र नामिबियालाई पछि पारेको छ ।
आइसिसीको नयाँ टि २० को नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा छ । नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ अंक र १ सय ८७ रेटिङ अंक छ । नेपाल भन्दा अघि जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स्थानमा छन् । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र सिंगापुर २० औं स्थानमा छन् ।
इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं र श्रीलंका नवौं स्थानमा छन् ।फाेटाे सौजन्य/ हाम्रो खेलकुद

