• TOKHA LIVE

    • २६ कार्तिक २०७८, शुक्रबार ०९:२४

    नेकपा समाजवादको स्थायी समिति आज बस्ने

    टोखा लाइभ /कार्तिक २६,२०७८

    काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ ।

    आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७/२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै