• TOKHA LIVE

      TOKHA LIVE

    • २५ आश्विन २०७८, सोमबार ०८:२२

    साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित नेपाल अंक तालिकामा शिर्ष स्थान कायमै

    टाेखालाइभ डट कम/ असोज २५,२०७८
    काठमाडौं । साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ। आइतबार राति पौने १० बजे माल्दिभ्समा शुरु खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भयो। भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ मिनेटमा गरेको निर्णायक गोल नै भारत जितको हकदार बन्यो।

    पहिलो हाफ बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा झनै फितलो प्रदर्शन गरेको थियो।जितपछि भारतले पाँच अंक जोडेको छ। तीन खेलबाट नेपालको भने ६ अंक छ।

    जितसँगै भारतले लगातारको दुई बराबरी पहिलो जित निकालेको छ। यसअघि भारत बंगलादेश, श्रीलंकासँग बराबरीमा रोकिएको थियो।त्यस्तै माल्दिभ्सले हिजो साँझ श्रीलंकाविरुद्ध १‍-० को जित निकाल्दै नेपालसमान ६ अंक जोडेको छ। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

     

    ५७ मिनेटमा भारतले पाएको मौका खेर फाल्यो। भारतीय खेलाडीको प्रहार नेपालका गोलकिपर किणले उत्कृष्ट पञ्च गरी गोल टारेका थिए। भारतले बारबार प्रयास गरे पनि गोल गर्नबाट चुकेको थियो। पूरा समय नेपाललाई दबाबमा राखेको भए पनि भारतले गोल गर्न भने अन्तिमसम्म कुर्न परेको थियो।

     

    त्यसैगरी ६४ मिनेटमा भारतका खेलाडीले गरेको अर्को प्रहार पनि नेपालका डिफेन्डर दिनेश राजवंशीले रोकेका थिए।

    त्यस्तै ७७ मिनेटमा पाएको फ्रिकिकलाई भारतका सुनिल क्षेत्रीले हेडमार्फ पोस्टको दिशा दिए पनि बल सीधै नेपालका गोलकिपर किरणले हातमा पुगेको थियो।

    यसैगरी ८० मिनेटमा कर्नरबाट प्रहार गरेको बल सुनिलले हेडिङमार्फत प्रहार गरे पनि पोस्टभन्दा अगाडि ठोक्किएर आकाशिएको थियो। तर ८२ मिनेटमा उनै सुनिल क्षेत्रीले किरण नजिकैबाट गरेको प्रहार गोलमा परिणत गरेको थियो।

    ८६ मिनेटमा नेपालका आयुष घलानले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसअघि नेपालले भारतविरुद्ध खासै गतिलो प्रहार गर्न सकेन।

    अंक तालिकाको शिर्ष स्थानमा रहेको नेपालले भने अब हुने बंगादेशसँगको खेल जित्नैपर्ने हुन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै