• TOKHA LIVE

    • १५ आश्विन २०७८, शुक्रबार ०२:३७

    सन्दीपलाई इपिएलले तिरायो जरिवाना

    टाेखालाइभ/ असोज १५,२०७८,

    एभरेष्ट प्रिमियर लिग (इपिएल)ले काठमाडौं किंग्स इलावेनका कप्तान सन्दीप लामिछानेलाई जरिवाना तिराएको छ। प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा बिहीबार भएको पहिलो खेलमा चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर बलिङ’ गराएका कारण सन्दीपलाई इपिएलले जरिवाना तिराएको हो।यो संगै जारी प्रतियोगितमा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान बनेका छन् ।

    इपिएलले कप्तान सन्दीपलाई म्याच फिको १० प्रतिशत जरिवाना तिराएको छ। म्याचरेफ्रि मोहम्मद सफिकले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवाना लागेको बताएका छन् ।

    यस्तै, सन्दीपबाहेक चितवनविरुद्ध खेलेका काठमाडौंका अन्य १० खेलाडीलाई पनि जरिवाना गरिएको छ । उनीहरुलाई म्याच फिको २ प्रतिशत जरिवाना गरिएको छ।

    बिहीबार पहिलो खेलमा काठमाडौं चितवन टाइगर्स ३ विकेटको पराजित भएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै