• TOKHA LIVE

      TOKHA LIVE

    • १२ आश्विन २०७८, मंगलवार ०७:४५

    माल्दिभ्समा हुने साफका लागि नेपालको अन्तिम टोली घोषणा

    टाेखालाइभ/असोज १२,काठमाडौं
    नेपालका मुख्य विदेशी प्रशिक्षक अब्दुल्लाह अलमुतायरीले माल्दिभ्समा आयोजना हुने आसन्न साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा गरेका छन्।
    आगामी अक्टोबर १ बाट हुने साफका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अब्दुल्लाहको टोली सार्वजनिक गरेको हो।नेपालले साफको उद्घाटन खेलमा आयोजक माल्दिभ्सको सामना गर्नेछ।

    नेपालको पछिल्लो २५ सदस्यीय टोलीमा रहेका विकेश कुथु यस् टोलीमा स्थान बनाएका छैनन्।
    प्रशिक्षण दौरान चोट बोकेपछि विकेश टोलीबाट बाहिरिएको बुझिएको छ।

    साफका लागि अब्दुल्लको नेपाली टोली यस् प्रकारको छ:

    गोलकिपर/किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ।

    डिफेण्डर(हरु): अनन्त तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द र सुमन अर्याल।

    मिडफिल्डर(हरु): आयुष घलान, बिशाल राई, कमल थापा, मनिष डांगी, नितिन थापा, पुजन उपरकाेटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज जिउ ठकुरी र तेज तामाङ।

    स्ट्राइकर(हरु): आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा र अन्जन विष्ट।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै