• TOKHA LIVE

    • ८ आश्विन २०७८, शुक्रबार १२:२८

    इपिएल खेल्न नेपाल आइपुगे विश्व विख्यात खेलाडी शाहिद अफ्रिदी र सिकन्दर राजा

    टाेखालाइभ डट कम/असोज ८,२०७८
    काठमाडौं/भोलि देखि शुरु हुने इपिएल खेल्न विश्व विख्यात क्रीकेट अहिले नेपालमा ओइरो लागेका छन् ।इपिएलको पुर्व सन्ध्यामा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी र जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् ।अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न बिहिबार दिउँसो ३: ३० बजे नेपाल आइपुगेका छन् । अफ्रिदी यस इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन् ।राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए ।

    त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई विराटनगरका अप्रेशन प्रमुख सञ्जिव पौडेलले स्वागत गरेका थिए । श्रीलंका दीलशान मुनावीरा मंगलबार र बुधबार क्यानडा रयानखान पठान विराटनगरमा जोडि सकेका थिए । अर्थात विराटनगरका चारै विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

    अफ्रिदीले नेपालमा सुरुवाती दुई खेल खेल्ने छन् । अफ्रिदीले शनिवार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् । ४१ वर्षिय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरमा पर्दछन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ ।अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतक सहित कुल ८ हजार ६४ रन बनाएका छन् ।
    अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् ।

     

    राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय ८ ओडिआई, ४२ टि२० आई र १ सय १७ टि२० क्रिकेट खेलेका छन् । राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्का सहित १ सय २३ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । राजाले पछिल्लो समय टि२० टोलीको कप्तानी गर्दै आएका छन् ।

    इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

    काठमाडौंको टोली :

    सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।

    विराटनगरको पूर्ण टोली :

    करण केसी, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि।सी।, रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका) ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै