• TOKHA LIVE

    • ४ आश्विन २०७८, सोमबार ०९:४०

    भरतमणि पौडेल भए दोस्रो सिजनको कमेडी च्याम्पियन

    टाेखालाइभ डट कम/असोज ४,२०७८
    काठमाण्डौ / भरतमणि पौडेलले दोस्रो सिजनको कमेडी च्याम्पियन बनेको छ। ताप्लेजुङका भरतमणि पौडेलले फाइनलमा उपाधिका दावेदार भारत सिक्किमका विक्की अग्रवाल र गोर्खाका सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै भरतमणिले २५ लाख नगद र कार पुरस्कार पाएका छन् ।

    भरतमणिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए ।

    त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका कारण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । यो संगै उनले फाइनल सम्म पुग्दा सात पटक ‘पफर्मर अफ द राउण्ड’ को उपाधि पाउन सफल भएका थिए

    कमेडी च्याम्पियनको पहिलो प्रस्तुति देखिनै सबै दर्शकको साथ सहयोग र माया पाएका भरतमणिले सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो।

    विक्की अग्रवाल कमेडी च्याम्पियनको उपविजेता भएका छन भने सन्तोष थापाले तेस्रो स्थानमै चित्त बुझाएका थिए । प्रतियोगिताको उपविजेता बनेका विक्कीले टिभिएस अपाचेु बाइक पाएका छन् । सन्तोषले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।फाेटाे /मनोज गजुरेलको फेसबुकबाट साभार

    Facebook Comments

    छुटाउनुभयो कि? सबै