• TOKHA LIVE

    • २० भाद्र २०७८, आईतवार १६:५१

    भारतसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै नेपाल

    टाेखालाइभ डट कम / भाद्र २०,२०७८

    काठमाडौं /माल्दिभ्समा हुन लागेको आसन्न  साफ च्याम्पियनसिप तयारीका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलको दोस्रो खेलमा आज नेपालले भारतको सामना गर्दै छ। दुई मित्ररास्ट्र को खेल आज ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैछ ।

    नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा आज  नेपाललाई घरेलुु दर्शक उत्साहजनक भरपुर समर्थन रहने छ।
    दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली टिम जितकै लक्ष्यका साथ मैदानमा उत्रने छ। नेपाली टिम भारतविरुद्ध समग्रमा तेस्रो जितको खोजीमा हुनेछ । बिहीबार नेपाली टोली सुधारियएको प्रदर्शन गरेको थियो । नेपाललाई पहिलो हाफमै अन्तज विष्टले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ भारतले गोल फर्काएपछि मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन।

    नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा नेपाली टिमको प्रदर्शनबाट त्यति सन्तुष्ट थिएनन् । उनले राम्रो खेल पनि धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताएका थिए ।

    दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण  र भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै