• TOKHA LIVE

    • १७ भाद्र २०७८, बिहीबार १३:४२

    बागमती सरकार टिकाउन एमालेले सबै पहल र प्रयास अघि बढाउने

    टाेखालाइभ डट कम / भाद्र १७
    काठमाडौं – वागमती प्रदेश एमालेको संसदीय दल बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई टिकाउनका लागि सबै पहल र प्रयास अघि बढाउने निर्णय गरेको छ । बैठकमा बोल्दै शाक्यले सरकार टिकाउन लागिपर्ने र केही दिनमा सुखद समाचार दिने बताउनुभएको छ।

    मुख्यमन्त्री तथा संसदीय दलका नेता शाक्यले आफू जीवनमा कहिल्यै पनि पार्टी फुटाउने पक्षमा नलागेको र अब पनि नलाग्ने बताउनुभयो ।

    ‘संवैधानिक प्रक्रियाअनुसार सरकार टिकाउन अनवरत रुपमा लाग्नेछौं,’ शाक्यको भनाइ उदृत गर्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले भन्नुभयो, ‘केही साथीहरु बुझाइमा कमी – कमजोरीका कारण अन्यत्र लाग्नुभएको छ, उहाँहरुसँग छलफल र संवाद अघि बढाउनेछौं ।’

    Facebook Comments

    छुटाउनुभयो कि? सबै