• TOKHA LIVE

    • १२ भाद्र २०७८, शनिबार ०८:४५

    नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारतीय टोली घोषणा, कप्तान सुनिल क्षेत्री

    टाेखालाइभ डट कम/ भाद्र १२,२०७८

    कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको घोषणा भएको छ।नेपाल र भारतको पहिलो मैत्रीपूर्ण भाद्र १७ मा रहेको छ। यस्तै दोस्रो भाद्र २० मा खेलिने तालिका तय भएको छ।

    भारतले नेपालमा आएर करिब ६ बर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। दशरथ रंगशालामा पछिल्लोपटक सन् २०१५ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

    नेपाल र भारतको दशरथ रंगशालामा हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले २५ सदस्यीय भारतीय टोलीको घोषणा गरेका हुन् ।कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा मुख्य प्रशिक्षकको टोलीमा

    गोलरक्षक: गुरप्रित सिंह सन्धु, अर्मिन्दर सिंह र धिरज सिंह मोइराङ्थेम।
    डिफेन्स : प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस र सिरिटो फर्नान्डेज।
    मिडफिल्ड: लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह र प्रणय हाल्दर।

    फर्वाड: मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री (C) र फारुख चौधरी।

    नेपाल भारत मैत्रीपूर्ण खेल पछि नेपाली टोली भाद्र २५ गते साफको अन्तिम तयारी गर्न दोहा प्रस्थान गर्नेछ।दोहामा १६ दिनको बन्द प्रशिक्षण पछि टोली असोज १९ गते माल्दिभ्सका लागि उड्नेछ। साफ च्याम्पियनसिप असोज १५ गतेबाट सुरु हुँदैछ।साफको उद्घाटन खेलमा आयोजक माल्दिभ्स र नेपाल बिच रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै