टाेखालाइभ/ भाद्र १,२०७८
एजेन्सी /जर्मनी तथा बार्यन म्युनिखका लेजेन्ड स्ट्राइकर गर्ड मुलरको निधन भएको छ। ७५ बर्षिया मुलरको निधन भएको दु:खद खबर जर्मन फुटबल संघले पुष्टि गरेको हो।
जर्मनी तथा बार्यन म्युनिखका लेजेन्ड स्ट्राइकर गर्ड मुलरले बार्यनका लागि ५९४ खेलमा ५४७ गोल गरेका थिए। उनको राष्ट्रिय टोलीका लागि भने ६२ खेलमा ६८ गोलको योगदान रहेको छ।मुलर अल्जाइमर रोगका बिरामी। उनले आफ्नो खेल जिवनमा बार्यनलाई ४ बुन्डेसलिगा र जर्मन कप, तीन युरोपियन कप, एक युरोपियन कप विनर्स कप र एक इन्टरकन्टिनेन्टल कप जित दिलाएका थिए।
गर्ड मुलर फुटबल जगतकै सबभन्दा उत्कृष्ट स्ट्राइकर थिए। उनी विना बार्यन बार्यन रहने थिएन्। हामी मुलर परिवार प्रति हार्दिक सम्वेदना प्रकट गर्दछौं।” अध्यक्ष हाइनरले भने।
बार्यनका अध्यक्ष हेर्बेट हाइनरले आजको दिन अत्यन्तै दु:खद रहेको जनाएका छन्। “आज बार्यन र बार्यनका समर्थकको दु:खद र कालो दिन हो”
राष्ट्रिय टिमबाट मुलरले १९७० मा विश्वकप र १९७२ मा युरो कप जितेका थिए।

