• TOKHA LIVE

    • २९ श्रावण २०७८, शुक्रबार ०७:४६

    आज नाग पञ्चमी मनाइँदै

    टाेखालाइभ डट कम /श्रावण २९,२०७८

    काठमाडौं- श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्परा मुल्री मान्यता अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ ।

    आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ ।
    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
    नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
    तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै