• TOKHA LIVE

    • २८ श्रावण २०७८, बिहीबार २१:१५

    नेपाल फिफा वरियतामा ३ स्थानको सुधार

     

    टाेखालाइभ/ श्रावण २८
    नेपालले फिफा वरियतामा तीन अंकको स्थान सुधार गरेको छ । यसअघि नेपाल विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । आज बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ । मे २७ पछि फिफाले बिहीबार वरियता सार्वजनिक गरेको हो।

    गत जेठ महिनामा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो ।विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो।

    त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये भारत शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियताको १ सय पाँचौं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा पछि भुटान १ सय ८७ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय पाँचौं स्थानमा रहेको छ ।

    बेल्जियम फिफा वरियताको शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो, विश्व कप विजेता तेस्रो, युरो २०२० को उपविजेता इंग्ल्यान्ड चौथो, युरो विजेता इटाली पाँचौं, कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दसौं स्थानमा छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै