• TOKHA LIVE

    • २८ श्रावण २०७८, बिहीबार २०:४२

    नेपाल स्काउटको तर्फबाट अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम / श्रावण २८,काठमाडौं

    अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगस्त १२ तारिख  साउन २८ गते  नेपाल स्काउटले Trabsforming Food Systems : Youth Innovation for Human And Planetary Health भन्ने मूल नाराका साथ युवा दिवस मनाउने भएको छ।

    साथै सो सन्दर्भमा  प्रदेश र स्थानीय तहमा  तपसिल बमोजिमका  कार्यक्रमहरूको  आयोजना गरे पनि  कोभिड-१९ महामारीको बिषम परिस्थितिलाई  मध्यनजर गरी आवश्यक  सुरक्षा सतर्कता  अपनाउन र स्वास्थ्य  सुरक्षाका मापदण्डहरू  पूर्ण परिपालना गर्न समेत नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले अनुरोध गरिएको छ।

    प्रदेश तथा स्थानीय तहमा गर्न निम्न शीर्षक तथा विषयहरूमा  अन्तरक्रिया कार्यक्रम निबन्ध, कथा, कविता लेख्न आदि प्रतियोगिता वा स्काउट सम्बद्ध कार्यक्रम सञ्चालन गर्न सकिने जस्तै:-
    -विपद् व्यवस्थापन  कार्यमा स्काउट
    -युवा स्वास्थ्य र सामाजिक सुरक्षा
    -नेपाल स्काउट र युवा उधमशीलता
    – बालबालिका तथा किशोरीको स्वास्थ्य र संरक्षण: स्काउटको भुमिका
    -बृक्षारोपण कार्यक्रम
    -प्रदेश वा स्थानीय तहमा सरसफाइ कार्यक्रमहरूको योजना राखि कार्यक्रम गर्न सकिने स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ।

    उल्लेखित कार्यक्रम वाहेक अन्य भौतिक र रचनात्मक कार्यक्रमहरू स्थानीय स्तरमा virtual platform को  उपयोग गरि गर्न सकिने नेपाल स्काउट प्रधान कार्यालयले  जानकारी दिइएको छ। सो कार्यक्रम पश्चात कार्यक्रमको प्रतिवेदन नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको इमेल ठेगानामा पठाउन समेत अनुरोध गरिएको छ। थप जानकारीको लागि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै