• Sanu Raj Dangol

    • २७ श्रावण २०७८, बुधबार १८:२२

    टोखामा मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन सम्पन्न

    टाेखा लाइभ डट कम / श्रावण २७,२०७८
    काठमाडौं । ऐतिहासिक सांस्कृतिक शहर टोखा नगरपालिकाको वडा २ को चण्डेश्वरी मन्दिर गेटमा अवस्थित मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को आज उद्घाटन सम्पन्न भएको छ।

    मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को
    आज प्रमुख अतिथि  टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी र विशिस्ट अतिथि छिमेकी  बुढानिलकण्ठ नगरपालिका ४ का वडा अध्यक्ष राजु खड्काले संयुक्तरूपमा उद्घाटन सम्पन्न गर्नुभएको थियो ।

    मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को टाेखा नगरपालिका वडा २ चण्डेश्वरी  र छिमेकी  बुढानिलकण्ठ नगरपालिका वडा  ४ को बसोबास गर्ने बाक्लो जनसंख्या भएको स्थानीय शेयर धनीहरु सहभागि गराएर आर्थिक केन्द्रबिन्दु बनाएर सहकारीको माध्यमबाट जाेड्न सहकारी सञ्चालमा ल्याएको मुस्खारेश्वर बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण खत्रीले बताए।

    आर्थिक वर्ष २०७७/७८ मा हालै  दर्ता भएको मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी आजबाट औपचारिक सुरुवात गरि कारोबार शुभारम्भ गरिएको सहकारीका अध्यक्ष हिराकाजि श्रेष्ठले जानकारी दिनुभयो ।  सहकारी संस्थाले युवा तथा महिला कृषकहरुलाई उद्यममा प्रेरित गर्ने उद्देश्यले पेशा व्यवसायको अतिरिक्त सहकारीको माध्यमबाट देश र समाजको सेवा गर्ने उद्देश्यले पुँजि जुटाएर सहकारी संस्थाको सुरुवात गरिएको बताउदै सहकारी स्थापना गर्नुको उद्देश्यमाथी प्रकाश पार्दै अध्यक्ष हिराकाजी श्रेष्ठ भन्नुहुन्छ ।- ”आज टाेखा नगरपालिका वडा २ चण्डेश्वरी  र  बुढानिलकण्ठ नगरपालिका वडा  ४ को मुख्य यो स्थानीय एरियामा धेरै पिछडिएका वर्गहरु छन् । ती स्थानीय कृषकहरु साना मझौला व्यापारीहरुलाई यो सहकारी मार्फत उत्थान गर्न, सर्वसुलभ सेवा सुबिधा दिइ समाज परिवर्तन गरि आर्थिक उन्नतिका लागि टेवा पुर्याउन हामीले यो ठाँउमा सहकारी स्थापना गरेका छौं ।”

    मुस्खारेश्वर बहुउद्देश्यीय सहकारीको हिराकाजि श्रेष्ठको अध्यक्षतामा ११ जना सदस्यीय कार्य समितिको गठन समेत गरिएको छ । जसमा शिवराम भण्डारी (उपाध्यक्ष), कृष्ण खत्री (सचिव), गगन कुमार श्रेष्ठ (सहसचिव ) रुबिना महर्जन  (कोषाध्यक्ष ), प्रदीप श्रेष्ठ (सहकोषाध्यक्ष) र सदस्यहरुमा कृष्ण व.खत्री ,कान्छी श्रेष्ठ , धुर्वराज जोशी , हरिमाया श्रेष्ठ ,बालिराम श्रेष्ठ  रहेका छन् ।

     सहकारी संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठले अध्यक्षता ग्रहण गर्नुभएको उद्घाटन कार्यक्रममा टोखा नगरपालिका २ वडाका वडाध्यक्ष दिपक राज जोशी , वडा सदस्य हिराकाजी महर्जन, बुढानिलकण्ठ नगरपालिका ४ का वडा अध्यक्ष राजु खड्का लगायत सहकारी का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै