• TOKHA LIVE

    • २७ श्रावण २०७८, बुधबार ०५:५५

    अस्मिता आले बेलायतको सुपरिचित फुटबल क्लब टोटेनह्याममा अनुबन्धित

    टाेखा लाइभ डट कम/श्रावण २७,काठमाडौं

    नेपाली मुलकी अस्मिता आले मगर( Aston Villa Women) एस्टोन भिल्ला बाट (Tottenham Hotspur Women)टोटेनह्याम हट्सपुर क्लबमा सन् २०२३ सम्मका लागि आबद्ध भएकी छिन्। भूपू गोर्खा सैनिककी छोरी अस्मिता आलेलाई  बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबले २ वर्षको लागि अनुबन्ध गरेका छन् ।उनले  सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता समेत भएको थियो । अस्मिता आलेले यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित हुँदै माथिल्लो स्तरको उत्कृष्ट प्रदर्शन गरेपछि बेलायतका चर्चित क्लबहरु उनलाई लिन लालायित भएका थिए ।

    वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया अस्मिता  उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भै उत्कृष्ट खेल पस्केकी थिइन । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीता भइ उत्कृष्ट प्रदर्शन समेत गरेकी थिइन ।

    आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उहाँले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको संचारमाध्यमहरुले उल्लेख गरिएको  छ ।

    टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने योजना रहेको  बताउदै क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै