नविना श्रेष्ठ
टाेखालाइभ डट कम /साउन २६,२०७८
चन्द्रागिरि नगरपालिकामा आइतबार सतुंगल पार्टी प्यालेसमा स्थानीय संरक्षक, प्रमुख स्काउट तथा स्थानीय स्काउट समितिको दीक्षान्त एंव पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो।
चन्द्रागिरी नगरपालिकाका नगर संयोजक बसन्ती श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्य नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी तथा बिशिष अतिथिमा बागमती प्रदेशका माननीय दिपक निरौला, बागमती प्रदेश तदर्थ समितिका संयोजक केश रत्न बजाचाय , बागमती प्रदेशका सदस्य शिव राम अर्याल, नेपाल स्काउटका निर्देशन राम प्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका नगर सदस्य बसील महर्जन रहेको थियो।

सतुंगल पार्टी प्यालेनस मा एक कार्यक्रम आयोजना गरि नगर प्रमुख घन श्याम गिरी, उपप्रमुख लिसा नकर्मी तथा शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजी लगायत स्थानीय कमिटीका सदस्यहरूलाइ नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दीक्षान्त एंव सपथ ग्रहण गराएको थियो।

कार्यक्रममा शुभकामना सहित मन्तव्य राख्दै नेपाल स्काउटका निर्देशन राम प्रसाद भट्टराई, सदस्य शिव राम अर्याल, बागमती प्रदेशका संयोजक केश रत्न बजाचाय, शिक्षा शाखा प्रमुख भुवाजी, वडाअध्यक्ष, लगायत विशिष्ट अतिथी माननीय दिपक निरौलाले चन्द्रागिरि नगरपालिकाका युवाहरूलाइ सिह दिशा तर्फ लान स्काउटको ठुलो भुमिका रहेको बताए। नगर उपप्रमुख लिला नकर्मीले नगरपालिकाबाट स्काउटका लागि थोरै भएपनि गत वर्ष देखी नै बजेट छुटाएको जानकारी दिनु भयो। चन्द्रागिरी नगरपालिकामा रहेको सामुदाय विद्यालयमा अब स्काउट सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो। सबैजनाको सथा सहयोगले चन्द्रागिरी नगरपालिकामा स्काउट अगाडी बढाउन सकिने बताए।

नगरका प्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा स्काउट स्थापना गर्न पाएकोमा आफु खुसी रहेको बताए। अबका
दिनहरूमा समाजमा आउने बिपद् व्यवस्थापनमा सहयोगी बन्दै समाज परिवर्तन गर्न युवाहरूको अवसयता रहेकोले चन्दागिरीमा नगरपालिकामा विभिन्न समाजीक सेवामा युवाहरू एक साथ लाग्ने विश्वास व्यक्त गरेका छन्।
कोभिड -१९ ले गर्दा गते गत वर्ष देखी छुटाएको बजेट केहि गर्न नसके पनि अब २४ वटा सामुदायिक विद्यालयमा स्काउट स्थापना गरि बजेट लागु गर्ने बताए।
चन्द्रागिरी नगरपालिकामा २४ सामुदायिक विद्यालय रहेकोमा एक विद्यालय बाट १० जना मात्र भएपनि स्काउटमा जोडियो भने ७०० जना स्काउट जन्मन सफल हुने बताए।

कार्यक्रमका साभअधयक्ष नगरका संयोजक बसन्ती श्रेष्ठले आफू पनि स्काउटमा जोड चाहेर पनि केहि कारण जोडन नपाएको थियो तर अहिले स्काउट दीक्षित हुन पाउदा आफू खुसी रहेको तथा साथमा चन्द्रागिरी नगरपालिकाका युवाहरूलाइ समेत स्काउटमा अवद्ध गराउन पाउदा निकै हर्षित रहेको बताए। कोभिड -१९ कारणले चन्द्रागिरी नगरपालिकामा रहेको सबै वडालाई समेतन नपाएको तथा समाजमा सामाजिक कार्यमा रहेको व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित गराउन नपाउदा निकै दुखी रहेको दुख व्यक्त गर्नु भयो।

