• TOKHA LIVE

    • २५ श्रावण २०७८, सोमबार ०७:४१

    रत्नराज्य लक्ष्मी क्याम्पसको स्नातकोत्तरमा नेपालभाषा पढाउन नेवा:विद्यार्थी यूनियनको आह्वान

    टाेखालाइभ /श्रावण २४,काठमाडौं

    नेवाः विद्यार्थी युनियनको पहलमा रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोत्तर (एम.ए.) तहमा
    नेपालभाषा अध्ययन गराउन अाह्वान गर्दै क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली तथा त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, मानविकी विभागलाई नेवा: विद्यार्थी यूनियनका अध्यक्ष रिदेन महर्जन ,महासचिव प्रशान्त डंगोल , सदस्य सरज तन्डुकार,सुनिल महर्जन ,अभियन्ता विद्या श्रेष्ठ लगायतले संयुक्त रूपमा साउन २१ गते ज्ञापन पत्र हस्तान्तरण गरेका थिए।

     

    सो पत्रमा नेपालको संविधान २०७२ को प्रस्तावनामा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै ‘जातिय भाषिक विभेद् अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने‘ विज्ञप्तिमा भनिएको छ।

    त्यसरी नै उक्त संविधानको भाग ३ मौलिक हक र कर्तव्यको धारा ३१ मा शिक्षा संबन्धि हकको ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ र धारा ३२ भाषा तथा संस्कृतिको हकको १ मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ तथा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यताको सम्बर्द्धधन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ ।

    उपरोक्त परीप्रेक्षमा, यस क्याम्पसमा स्नातक तहमा नेपाल भाषा विषयको पठनपाठन गराउने व्यवस्था लामो समयदेखि हुँदै आएको छ । केही वर्ष यता यस विषयको पठनपाठन हुन नसकेता पनि अहिले पुनः बि.ए. प्रथम वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको कक्षा संचालन गरी सुचारु हुन गएकोमा श्रीमान् लगायत क्याम्पस प्रशासन र त्रि.वि.वि. मा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं उक्त ज्ञापन पात्रमा भनिएको छ।

     

    नेपालभाषाको लिखत परम्परा आजभन्दा ११०० वर्ष अघिदेखि शुरु भएको हो । नेपालको सामाजिक र सांस्कृतिक सभ्यताको अध्ययन गर्न यस्को विषेश महत्व छ । नेपालभाषा र नेपाललिपिमा लिखित हजारौं अभिलेखहरु आज देश भित्र र देश बाहिरका विभिन्न ठूलठूला अभिलेखालय, पुस्तकालय र देशभित्रका बहाबही र जनसुमदायको धुकुटीहरुमा संरक्षित छन्

    यस नेपालभाषा विषयको अध्ययन अध्यापनको लागि त्रि.वि.को मनविकी विभाग डिन कार्यालयले २०३० को दसक देखि नै स्नाकोत्तर (एम.ए.) को व्यवस्था गरी केन्द्रिय नेपालभाषा विभागको स्थापना गरी पाटन ढोकामा संचालन भैरहेको छ । हाल त्यहाँ स्नातकोत्तर र विधावारिधि (एम.ए.) र पिएडी गर्ने व्यवस्था रहेको छ ।

     

    ज्ञापन पात्रमा भनिएको छ, ‘यस नेपालभाषा विषयको अध्ययन गर्न चाहने धेरै विद्यार्थीहरुलाई उक्त स्थान दुरीको कारणले अपायक परेको र अध्यापनको समय समेत अनुकूल हुन सकिरहेको छैन । तसर्थ यस रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंमा एम.ए. कक्षा संचालन गरि दिनु हुन हामीले बारम्बार अनुरोध गरिदै आएका हौं । हामीले केही समय अघि २०७७ माघ ११ मा समेत पत्र लेखी अनुरोध गरेका थियौं ।’

    ‘यस विषयमा क्याम्पस प्रशासनले दश (१०) जना विद्यार्थी अध्ययन गर्न क्याम्पसमा भर्ना हुन चाहेमा उक्त व्यवस्था गरिदिने आश्वसन प्राप्त गरेका थियौं । सो अनुरुप नेपालभाषा विषय अध्ययन गर्न चाहने विद्यार्थीको आवश्यक संख्या पूरा भएको जानकारी गराउँदा पनि हालसम्म यस बारेमा ठोस कदम चालिएको देखिएन । हाल यस विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु लगभग २० जना भएको र सो भन्दा बढी हुन सक्ने देखिन्छ । तसर्थ यसै शैक्षिक सत्र देखि उक्त विषयको अध्यापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ ज्ञापन पत्रमा भनिएको छ ।

    रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर(एम.ए) तहमा नेपालभाषा पढाउन नेवा: विद्यार्थी यूनियनले हिजो
    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर ज्ञापन पत्र हस्तान्तरण गरेको युनियनका महासचिव प्रशान्त डंगोलले बताए उनले मेयरले सहकार्य गर्न सकारात्मक प्रतिक्रिया दिएको टाेखालाइभ  अनलाइनलाई  बताउनुभयो ।

    नेवा: विद्यार्थी यूनियनको ज्ञापन पत्र

     

     

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै