• TOKHA LIVE

    • २४ श्रावण २०७८, आईतवार ०५:०७

    ई. राजदास श्रेष्ठको “गुम्सिएका कुराहरु” कविता संग्रह विमोचित

    टाेखालाइभ /साउन २३ ,२०७८

    काठमाडौं /इन्जिनियर राजदास श्रेष्ठद्वारा लिखित “गुम्सिएका कुराहरु” यही साउन २२ गते लोक साहित्य भवन बखुंबहालमा वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले एक समारोहका बीच सार्वजनिक गर्नुभएको हो ।

    उक्त दिन ई. राजदास श्रेष्ठको जन्मदिन परेको थियो । सो कार्यक्रममै वहाँलाई जन्मदिनको शुभकामना दिनेहरुको घुइँचो उत्तिकै थियो ।

    उहाँले लेख्नुभएको “गुम्सिएका कुराहरु” कविता संग्रहमा २६ वटा कविताहरु रहेका छन् । जसमा महाकवि गिरिजाप्रसाद र वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको नाममा समेत कविता लेखिएको थियो भने अधिकांश कविता साँखु र आसपासका विषयमा लेखिएको थियो ।

    पेशाले केमिकल ईञ्जिनियर राजदास श्रेष्ठद्वारा लिखित कविता संग्रह विमोचन गर्दै प्रमुख अतिथि वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले गथांमुग, भुद्यः र हारती माता बारे लामै कथा सुनाउनुभएको थियो ।

     

    सो कविता संग्रहको प्रकाशन बालसिर्जना मासिकले गरेका थिए भने कविता संग्रहमा भूमिका दिनदयाल रेग्मीले लेख्नुभएको छ भने न्हु पे्रस्टिज नेपाःका कार्यकारी सम्पादक नरेन्द्र श्रेष्ठको भनाई समेत राखिएकोछ ।

    कार्यक्रममा साहित्यकार मथुरा सायमी र गजलकार रामेश्वर श्रेष्ठले ई. राजदास श्रेष्ठको कृतिको विषयमा समिक्षा गर्नुभएको थियो ।

    कविता संग्रह विमोचनका अवसरमा नेपाल भाषा क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।- लावण्य शन्देस डट कमबाट साभार

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै