• TOKHA LIVE

    • २३ श्रावण २०७८, शनिबार १३:५४

    बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी

    टाेखालाइभ/श्रावण २३,काठमाडौं
    राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

    राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका छन्।
    मेसिनहरु भएको ठाउँमा आगो केही नियन्त्तणमा आएपछि गोदामतर्फको भागको आगो नियन्त्रणमा आउन नसकेको बालाजु प्रहरीले जनाएको छ ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण खुलेको छैन । आगलागीका कारण भएको क्षतिको पुर्ण विवरण पनि आउन बाँकी छ । – मध्यान्ह दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै