• TOKHA LIVE

    • १४ श्रावण २०७८, बिहीबार ०८:३६

    आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

    टाेखा लाइभ डट कम / श्रावण १४

    काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबारदेखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुने भएको छ।

    ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

    यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

    जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

    यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने भनिएको छ । – मध्यान्ह दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै