टाेखालाइभ डट कम / श्रावण १० काठमाडौं :
नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य विदेशी प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत कुवेती नागरिक अल्मुताइरीले आफूले राजिनामा दिने बताएका हुन् ।उनले सामाजिक संजालमा ”प्रिय नेपाली फुटबल समर्थकहरू, आज म एन्फा पुगेर राजीनामा दिँदैछु । मैले राजीनामा दिनुका कारण एन्फा उपाध्यक्ष पंकज नेम्बाङ हुन् । किनभने पछिल्ला तीन सातादेखि उनले मसँग ड्रामा गरिरहेका छन्,’ अल्मताइरीले फेसबुकमा लेखेका छन् ।
उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पछिल्लो तीन साता देखि असहयोग गरिरहेको र त्यसका कारण आफुले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी दिएका थिए ।
अल्मुताइरी गत अप्रिलमा नेपाली सिनियर (पुरुष) फुटबल टिमको मुख्य प्रशिक्षकमा निुयक्त भएका थिए । उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप तथा एयिसयन कप छनोट खेलेको थियो ।

