• TOKHA LIVE

    • १० श्रावण २०७८, आईतवार ०६:२९

    कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन गर्ने सहमति

    टोखा लाइभ ।२०७८ साउन १० गते

    काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति भएको छ। शनिबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादर देउवाको निवास बुढानिलकण्ठमा बसेको बेठकले महाधिवेशनको कार्यतालिका फरक नपर्ने गरी अधिवेशनको तालिका परिवर्तन गर्ने निर्णय गरेको हो।

    काँग्रेसले मिति नतोके पनि कार्यतालिका पछि ल्याउने कुरा भएको नेपाली काँग्रेस निकट स्रोतले बताएको छ। महाधिवेशनको मिति फरक नपर्ने गरी अधिवेशनको मिति मिलाउने सहमति भएको उनको भनाइ छ।

    समयमा क्रियाशील सदस्यता टुंग्याउन नसक्दा तल्लो तहको कार्यतालिका प्रभावित हुने भएपछि कार्यतालिका परिमार्जन गरिने सहमति भएको हो ।

    नेपाली कांग्रेसले यस अघि साउन १२ गते वडा अधिवेशन, १६ गते पालिका, २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ र एक भन्दा बढ िप्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते अधिवेशन गर्ने तयारी गरेको थियो।

    केन्द्रीय महाधिवेशन भदौको १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको कांग्रेसले भदौ १ र २ मा प्रदेश अधिवेसन गर्ने निर्णय गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै