टाेखा लाइभ डट कम /श्रावण ८, २०७८
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महसचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल स्पोर्ट्स क्लबले पुष्पलाल स्मृति दिवसको ४३ औं अवसरमा काठमाडौको किर्तिपुर नगरपालिका वडा न. ४ पुष्पलाल पार्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस्थिति रहेको थियो ।
अतिथि नेकपा एमाले काठमाडौ जिल्ला सचिवालय सदस्य बटुकृष्ण थापा, पुष्पलाल स्पोर्ट्स क्लबका अध्यक्ष ईश्वर बुढाथोकी रहेका थिए।
पुष्पलाल स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त बृहत
रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको क्लबका सस्थापक अध्यक्ष केदार बुढाथोकीले बताए ।

पुष्पलाल स्पोर्ट्स क्लबले विश्व भरी फैलिएको काेभिड-१९ को महामारीको समय क्लबले घर घर मै गएर स्थानिय जनताको जरो नाप्ने तथा सिटामोल , बि कम्लेक्स र माक्स बितरण गरी स्वास्थ्य परामर्श दिने जस्ता सामाजिक कार्यमा समेत अहम भुमिका निर्वाह गरेको थियोे ।

