टाेखा लाइभ डट कम /श्रावण ७, काठमाडौं
आगामी असोज ३ गतेका लागि तय भएको नेपालको शिर्ष ‘ए’ डिभिजनको लिग स्थगित गर्न ए’ डिभिजन क्लबहरुले एन्फा समक्ष माग गरेका छन् । ती क्लब हरुमा थ्रि-स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र बिग्रेड ब्वाइज क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापनपत्र बुझाएका हुन्।आउदो लिगका लागि भन्दै एन्फाले सहभागी १४ टोलीलाई साउन १० गतेभित्र आ- आफ्नो टोली दर्ताका लागि एन्फाले गरेको आह्वानलाई आफ्नो असहमती रहेको चार क्लबले जनाएका थिए ।
उनीहरुले ‘ए’ डिभिजनका क्लबको यथाशिघ्र बैठक बोलाउन माग समेत गरेका छन्।
कोरोना महामारी नियन्त्रणमा नआउदै लिग गर्नु उपयुक्त नदेखिएको क्लबहरुको भनाइ रहेको थियो। उनीहरुले संक्रमण दरमा अत्याधिक कमि आएपछि मात्र लिग गर्नुपर्ने बताएका छन्।

