टाेखालाइभ डट कम /साउन ४,२०७८
काठमाडौं छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएका छन्।
प्रतिनिधिसभामा आइतबार राति विश्वासको मत प्राप्त गरेलगत्तै मोदीले ट्विटर मार्फत प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन्।
‘अगामी कार्यकालको लागि शुभकामना र बधाइ,’ सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवालाई मेन्सन गरेर मोदीले लेखेका छन्,‘हाम्रा समझदारीहरूलाई कायम राख्दै जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सबै क्षेत्रहरूमा मिलेर काम गर्न चाहेको छु।”


