टाेखालाइभ/ श्रावण ३,३०७८
काठमाडौं : प्रधानमन्त्री शेरबहादुुर देउवाले आज विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा ७६ को ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिन लागेको संसद सचिवालयले जानकारी दिएको छ ।
सभामुख अग्नीप्रसाद सापकोटालाई विश्वासको मत लिने सम्बन्धनमा सरकारले जानकारी गराइसकेको छ । विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गरिसकेको छ ।
सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन ।
देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १ सय ४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । विश्वासको मत पाउन नसकेमा देउवा कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन् ।
विश्वासको मत लिन असफल भए देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल नियमित सरकारको नेतृत्व गर्न पाउनेछन् । प्रतिनिधि सभाको अव डेढबर्ष कार्यकाल बाँकी रहेको छ ।- मध्यान्ह दैनिकबाट

