टाेखा लाइभ डट कम /सोमबार,२८काठमाडौं
१६औं संस्करणको युरोकप फुटबलको उपाधि इटालीले जितेको छ। आइतबार राति लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआटमा ३–२ले पराजित गर्दै इटालीले उपाधी हात पारेको हो। हारसँगै ५५ वर्षपछि फुटबलको ठूलो प्रतियोगिता जित्ने इंग्ल्याण्डको सपना तुहिएको छ।

अन्त्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा सुरुआती अग्रता इटालीले लियो । दोस्रो मिनेटमा केभिन ट्रिपियरका क्रसमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । सुरुआतमै गोल गरेपछि खेलले इंग्ल्यान्डले खेलमा पडक जमाएको थियो । दुवै टिमले तिव्र गतिमा खेल्दा खेल रोमाञ्चक बनेको थियो।
दोस्रो हाफमा भने इटालीले इंग्ल्यान्डमाथि पूर्ण दबाब बनाएको थियो । उसले ६७औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा खेल एक्स्ट्रा समयमा गएको थियो ।
निर्धारित समय र एक्स्ट्रा टाइमको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीका डोमेनिको बेरार्डी, लियोनार्दोे बोनुची र फेडेरिको बेरान्डेस्कीले गोल गर्दा आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार इटालीका किपर जोर्डन प्लिकफर्डले रोकेका थिए जसमा इटाली ३-२ ले विजयी भयो।इंग्ल्याण्डले यसअघि सन् १९६६ को फिफा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। जसको उपाधिसमेत उसले जितेको थियो।

