टाेखालाइभ/ असार २६, २०७८,
नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मान्यता दिएको छ। प्रतियोगिताको आयोजक इपिएलका सिईओ आमीर अख्तरले बिहीबार विज्ञप्ति जारी गर्दै चौथो संस्करणको इपिएललाई आईसिसीले मान्यता दिएको जनाएका छन्।कोरोना भाइरसको महामारीका रोकिएको चौथो संस्करणको इपिएललाई क्यानले यसअघि नै मान्यता दिइसकेको छ।
आईसिसी र क्यानले मान्यता दिएसँगै इपिएलले प्रतियोगिता आयोजनाको मिति तय गरे अनुसार प्रतियोगिता आगामी असोज ९ गतेबाट सुरु भएर असोज २३ गतेसम्म चल्ने छ। प्रतियोगिता कीर्तिपुरस्थित टियू मैदानमा हुने छ।प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरी ६ टिम सहभागी छन् । अघिल्लो सिजनको उपाधि ललितिपुर प्याट्रिओट्सले जितेको थियो।

