• Sanu Raj Dangol

    • २४ असार २०७८, बिहीबार १८:३८

    इङ्गल्यान्ड इतिहासमै पहिलोपटक युरोकपको फाइनलमा:-

    टाेखा लाइभ डट कम / असार २४,२०७८
    एजेन्सी लण्डन/ वेम्बली स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको छ। गय राती सम्पन्न सेमिफाइनलमा डेनमार्कलाई २-१ गोलले हराउँदै इङ्गल्यान्डले इटालीसँगको भेट तय गरेको हो। सुरुवाती अग्रता भने डेनमार्कले बनायो। खेलको ३०अौं मिनेटमा मिकेल ड्याम्सगार्डले २५ यार्ड टाढाबाट उत्कृष्ट रुपमा फ्रि-किक गोल गरेका थिए।

    एक गोलले पछि परेको अवस्थाबाट कमब्याक गर्दै इंग्ल्यान्डले जित हात पारेको थियो। पहिलो हाफको ३०औं मिनेटमा डेम्स्गार्डले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि डेनमार्कले अग्रता लिएको थियो। डेम्स्गार्डको सो फ्रिकिक गोल जारी युरोकपमा फ्रिकिकबाट गरिएको पहिलो डिरेक्ट गोल हो।

    ३९औं मिनेटमा डेनमार्कका सिमोन केजरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्ड खेलमा फर्किएका थियो।
    बुकायो साकाको लो-क्रस क्लियर गर्ने क्रममा डेनिस कप्तान सिमोन खेरले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा पुगेको थियो।यो सिजनमा जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्सनलका साकाले इंग्ल्यान्डबाट युरोकपको सेमिफाइनल खेल्ने सबैभन्दा कान्छो उमेरका खेलाडीको कीर्तिमान पनि कायम गरेका छन्।

    निर्धारित ९० मिनेटको बाँकी समयमा दुबै टोलीबाट गोल हुन् सकेन। त्यसपछि खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले अग्रता बनायो। जोआकेम महेलले राहिम स्टर्लिङलाई फल गरेको भन्दै इङ्गल्यान्डले पेनाल्टी प्राप्त गरेको थियो ।

    इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलले रोक्न सफल भए। तर, रिवाउन्डमा उनले नै गोल गरेका थिए। केनको उक्त गोलको मद्दतमा इङ्गल्यान्ड इतिहासमै पहिलोपटक युरोको फाइनलमा प्रवेश गरेको हो।
    अब इङ्गल्यान्डले फाइनल प्रवेशका लागि ११ जुलाईको राती १२:४५ बजे इटालीको सामना गर्नेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै