टाेखालाइभ/असार १८,२०७८
एजेन्सी/दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप यसै सेप्टेम्बरमा आयोजना भए अब ५ राष्ट्रले मात्र सहभागिता जनाउने सम्भावना बढेर गएको छ । पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता सेप्टेम्बर पहिलो साता आयोजना गर्ने तयारी चलिरहदा साफको हिजो विहिबार बसेको बैठकमा भुटानले यस वर्ष प्रतियोगिता आयोजना भएको अवस्थामा सहभागिता जनाउन नसक्ने जानकारी दिएको छ । भुटान सरकारले यस वर्ष कुनैपनि टोलीलाई देशबाहिर जान नदिने निर्णय गरेको छ । त्यस्तै पाकिस्तानको फुटबल संघ फिफाबाट प्रतिबन्धमा छ । यस्तो अवस्थामा सेप्टेम्बरमा प्रतियोगिता आयोजना भए आयोजक बंगलादेशसँगै नेपाल, भारत, माल्दिभ्स र श्रीलंका सहित पाँच देश मात्र साफमा खेल्ने सम्भावना रहेको हो ।सेप्टेम्बरमा अन्तर्राष्ट्रिय खेलको फिफा विन्डो रहेकाले त्यसबेला नै खेल गर्ने तयारी बंगलादेशको छ ।
साफ च्याम्पियनसिपमा ५ टोलीमात्र सहभागी हुने भएपछि राउन्ड रोबिन र त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने पद्दति लागु हुने सम्भावना छ । हिजो बसेको बैठकमा लिखित रुपमा भने कुनै टोलीले खेल्ने नखेल्ने निर्णय दिएका छैनन् । आज प्रतियोगिता आयोजना लगायत सम्पूर्ण विषयमा छलफल मात्र भएको हो ,’ हकले प्रथम आलोलाई भनेका छन् । कोरोनाको अवस्था हेरेपछि केहि समयपछि मात्र प्रतियोगिताबारे निर्णय गर्न सकिने उनले जानकारी दिए ।
गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो ।

