• TOKHA LIVE

      TOKHA LIVE

    • १७ असार २०७८, बिहीबार ०६:११

    अमेरिकी सेनाद्वारा नेपाली सेनालाई डुंगा सहयोग

    टोखा लाइभ ।२०७८ असार १७ गते

    काठमाडौं। अमेरिकी सेनाले नेपाली सेनालाई विपद तथा खोजी उद्धारमा प्रयोग हुने डुंगा सहयोग गरेको छ। काठाडमौंस्थित अमेरिकी दूतावासका अनुसार सो सहयोग डुंगा यसै हप्ता नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।

    १ मिलियन डलर बराबरको बाढी पहिरो तथा अन्य विपत्तीको सामना गर्ने क्षमता बृद्धि अनुदान अन्तरगत खोजी तथा उद्दार कार्यमा प्रयोग हुने डुङ्गाहरू नेपाली सेनालाई यो साता हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

    यो सहयोग अमेरिकी सेनाकातर्फबाट जुटाइएको सहयोग अन्तरगत नेपाललाई प्रदान गरिएको हो। अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा नियमित सहयोग रहने जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै