टाेखा लाइभ डट कम / असार १४,२०७८
बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको प्री-क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको युरो २०१६ को विजेता पोर्चुगल युरो २०२० को प्रि–क्वाटरफाइनल बाट बाहिरिएको छ। गय राती सम्पन्न क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
स्पेनको सेभियामा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड निर्णायक बने। खेलको ४२औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट हाजार्डले गरेको निर्णायक गोल नै बेल्जियमले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो।
यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ।दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । २५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३७ औं मिनेटमा मुनिएरले आउटसाइड फुटले गरेको प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो।यो यो नै पोर्चुगलको लागि निक्कै महङ्गो साबित भयो।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।
समूह चरणमा अपराजित बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो
खेलमा ५७% बल पोसेसन आफ्नो पक्षमा राख्दै पोर्चुगलले कुल २३ प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा रहेतापनि कुनै प्रहार गोल हुनसकेन।
चेक रिपब्लिक नेदरल्यान्ड्लाई हराउँदै प्रि–क्वाटरफाइनलमा
यसअघि दिनको पहिलो खेलमा चेक रिपब्लिकले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।
नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् ।चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

