• TOKHA LIVE

    • १३ असार २०७८, आईतवार १४:३५

    सडक विभाग तालाबन्दी गर्न पुगेका वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ

    टोखा लाइभ ।२०७८ असार १३ गते।

    काठमाण्डौ ।सडक विभाग तालाबन्दी गर्न पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ परेका छन। वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक -खरिबोट सडकका वारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका वडा अध्यक्ष र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो।

    उक्त क्षेत्रको सडक निकै जिर्ण भएको लामो समय हुँदा पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारी;ले पनि वेवास्ता गरेको बताएका छन।

    सो कार्यालयमा तालाबन्दी भएपछी ठुलो शंख्यमा परिचालन भएको प्रहरीले वडा अध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई तिनकुने प्रहरी कार्यालय लगेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै