• Sanu Raj Dangol

    • १३ असार २०७८, आईतवार ०९:४२

    काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

    टाेखालाइभ/ असार १३ काठमाडौं

    पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सोमबार सकिन लागेपछि कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नु अगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको विश्लेषण गर्ने छ ।

    सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ ।निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ । कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो अवस्थामा नघटेकाले निषेधाज्ञालाई जारी राखिने बताइएको छ । निषेधाज्ञाबारे निर्णय गर्न आज आइतबार उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

    निजी सवारी साधनहरू गत सातादेखि नै जोर बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै