• TOKHA LIVE

      TOKHA LIVE

    • १३ असार २०७८, आईतवार ०७:३५

    वेल्स माथि ४-० जितसँगै डेनमार्क युरो कपको क्वाटरफाइनलमा:-

    टाेखालाइभ/ असार १३, २०७८

    खेलको आठौं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन सकेन । डेनमार्कले त्यसपछि आक्रमणमा जोड दिँदै लगातार कर्नरबाट दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।९ औं मिनेटमा  डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो

    २७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए ।पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् । विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई फ्रान्सेली क्लब निसबाट खेल्दै आएका फरवार्डले सुन्दर गोलमा परिणत गरे ।

    डच क्लब आयाक्सका लागि समेत खेलेका उनले आफ्नो ३२ औं मिनेटमा डोलबर्गकै प्रहारलाई गोलरक्षक वार्डले विफल पार्दै स्कोर १-० कै स्थितिमा राखे ।

    इन्ज्युरी समयमा डेनमार्कले अग्रता दोब्बर गर्ने अवसर सदुपयोग गर्न सकेन । फरवार्ड मार्टिन ब्रेथवेटले पेनाल्टी क्षेत्रभित्र बल रोक्न नसक्दा पछाडी आएका डिफेन्डर योकिम माहेलले गरेको प्रहार गोलरक्षक वार्डले विफल पारे ।

    दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

    ८७ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको सुन्दर पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।खेलको ९० औं मिनेटमा वेल्स १० खेलाडीमा सिमित भयो । माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । वेल्सका लागि इथान अम्पादुले पनि अघिल्लो खेलमा सिधै रातो कार्ड पाएका थिए ।

    इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको फराकिलो जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै वार्डलाई बिट गरेका थिए । रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भीएआर रिभ्युबाट गोलले मान्यता पाएको थियो ।

    डेनमार्कले अब क्वाटरफाइनलमा आइतबार ९:४५ बजे हुने चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ । आज नै केहीबेरमा सुरु हुने दोस्रो खेलमा इटालीले अष्ट्रियासँग खेल्दैछ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै