टाेखालाइभ डट कम /असार १२
बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानले स्वास्थ्य शिविर संचालन गरीरहेको छ । बिगत ३ दिन देखी संचालित सिबिरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरीरहेको छ ।
बाढी पहिरोको अत्यन्तै प्रभावित क्षेत्र सिन्धुपाल्चोकको
हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिए । हाल हेलम्बुको क्षेत्रमा संचालित सिबिरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने सिबिरमा सहभागी कार्कीले जानकारी दिएका छन ।
असार १ गते देखि आएको बिनासकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ्य उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकको टाेली सहित लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका थिए।फाेटाे /कपन अनलाइनबाट

