टोखा लाइभ ।२०७८ असार १२ गते ।
काठमांडौं। टोखा नगरपालिका खेलकुद क्षेत्रमा एक पछि अर्को सफलता हात पार्न सफल भगवती क्लबले आफ्नो १४ औं अधिवेशनमा नयॉ अध्यक्षको रूपमा इन्द्रराज जोशी निर्वाचित भएका छन्।

भगवती क्लवको अध्यक्ष चुनिएपछि ईन्द्रराज जोशीले बताए – “यस भगवती क्लबको अध्यक्ष चुनिनु मेरो लागि गर्वको कुरा हो। म आफ्नो सम्पूर्ण साथीहरू मलाई समर्थन गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु। मलाई आशा छ कि हामी एक साथ काम गरेर खेलको नेतृत्व गर्नेछौ र विश्वभर फैलिएको महामारीबाट निस्केर मजबुत स्थितिमा पुगेर अघि बढ्ने छौँ।”

क्लवको नयॉ महासचिवको रूपमा चुनिएका दीपेन्द्र डंगोलका अनुसार साधारणसभा तथा अधिवेशन असार १२ गते बिहान ९ बजे क्लबको आफनै प्राङ्गणमा १४ औ अधिबेशन गरेको हो।यसै गरी क्लवको वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, कोषाध्यक्षमा गणेशलाल श्रेष्ठ, सदस्यहरूमा सुक नारायण डंगोल, रामकृष्ण श्रेष्ठ र गणेशमान श्रेष्ठ सर्वसहमतिमा चयन भएका छन् । साथै, शनिवार नै बसेको नयाँ समितिको पहिलो बैठकले क्लवलाई नयॉ ढंगबाट अगाडि बढाउने लगायतका योजनाहरु निर्णय गरेको छ ।

अधिवेशनकै अवरमा भगवती क्लबका भुपु अध्यक्ष र सदस्यहरूमा मनिष जोशी, दीपक राज जोशी, मदनलाल श्रेष्ठ, रमेश नापित, प्रकाश डंगोल, शेखर डंगोल, राजकाजी श्रेष्ठ, हेरकाजी डंगोल लगायत अन्य समाजसेवीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। यसरी क्लबमा आवद्ध सम्पूर्ण साधारण सदस्य, सल्लाहकार ,समाजसेवी, क्लबप्रती आस्थावान सहयोगी महानुभावहरु, पूर्व कार्यसमिती प्रतिनिधि सम्पुर्णमा आफ्नो सदस्यता नवीकरण तथा नयॉ सदस्यता लिन चाहनेहरुलाई पुर्व जानकारी समेत गरेको छ। भने यस क्लबका महासचिव दीपेन्द्र डंगोल लाई सम्पर्क गरि आफ्नो सदस्यता नवीकरण तथा नया सदस्यता लिन समेत सकिने छ।


