• Sanu Raj Dangol

    • ११ असार २०७८, शुक्रबार १३:२७

    युरो कपकाे अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्यो, को-को भिड्दै छन् ? (नेपाली समयअनुसार)

    टाेखा लाइभ/असार ११, २०७८
    एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ।अन्तिम दिन समूह एफमा दुवै खेल २-२ को रोमान्चक बराबरीमा सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागे पछि युरो कपको खेल समीकरण पनि पूरा भएको छ ।

    अन्तिम १६ मा पुग्ने टोली :

    समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)

    समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)

    समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)

    समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)

    समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)

    समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)

    अन्तिम १६ को खेल तालिका :

    शनिबार २६ जुन

    ३७. वेल्स विरुद्ध डेनमार्क (राति ९:४५ बजे/आम्स्टरडम)

    ३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/लन्डन)

    आइतबार २७ जुन

    ३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/बुडापेस्ट)

    ४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२:४५ बजे/सेभिया)

    सोमबार २८ जुन

    ४१. क्रोएसिया विरुद्ध स्पेन  (राति ९:४५ बजे/कोपेनहेगन)

    ४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२:४५ बजे/बुकारेस्ट)

    मंगलबार २९ जुन

    ४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९:४५ बजे/लन्डन)

    ४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२:४५ बजे/ग्लास्गो)

    ३० र १ जुलाईमा विश्राम

    क्वाटरफाइनल

    शुक्रबार २ जुलाई

    ४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

    ४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

    शनिबार ३ जुलाई

    ४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)

    ४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

    ४ र ५ जुलाईमा विश्राम

    सेमिफाइनल

    मंगलबार ६ जुलाई

    ४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)

    ५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

    ८, ९ र १० जुलाईमा विश्राम

    फाइनल

    आइतबार ११ जुलाई

    खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै