• TOKHA LIVE

    • १० असार २०७८, बिहीबार १३:१५

    घरबेटी सरस्वती प्रधान छुटे, रुपामाथि कारबाहीको माग

    टाेखा लाइभ/ असार १०,२०७८

    जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोप अन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान हिजो छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गैरकानुनी ढंगले प’क्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मुध्दा नचल्ने जानकारी दिए संगै प्रहरीले प्रधानलाई हिजो दिउँसो १ बजे रिहा गरेको हो ।

    घरबेटी र भाडामा बस्न खोज्नेबीच करारनामा नै नभएको,युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जातीय विभेद गरेको भन्ने प्रमाण नपुगेपछि कानुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मुध्दा नचल्ने राय दिए पछि घरपेटि प्रधानलाई विनासर्त रिहा गरिएको हो।

    प्रधानको रिहा लगत्तै भएको नेवा: समुदायको विरोध प्रदर्शनमा सेभ द भ्याली, मंका खल:, नेवा:देय् दबु,यल रंन्जितकार समाजलगायतको सहभागिता थियो । यसैबीच गैरकानुनी रुपमा घरधनीलाई प’क्राउ गरेको बिरोधमा नेवाः देय दबू जिल्ला समिति काठमाडौंले विज्ञप्तिसमेत प्रकाशित गरेको थियो । विज्ञप्तिमा सदियौंदेखि कायम रहेको नेपाली सामाजिक सद्भावलाई बिथोल्न रुपाले गरेको सुनियोजित क्रियाकलापलाई खेदजनक भनिएको छ ।

    कानुनमा दखल राख्ने अधिवक्ताहरु तथा सञ्चारकर्मी अमृत खरेलले प्रधानमाथि लगाइएको आरोप बिल्कुलै निराधार भएको बताउदै सामाजिक सञ्जालमार्फत् खरेलले लेखेका थिए ‘भाडामा कोठा माग्नु भाडा सम्बन्धी करारको प्रस्ताव मात्र हो । प्रस्ताव मानेर कोठा दिइसकेपछि जातका आधारमा हटाउन खोजेको भए जातीय भेदभाव हुन्छ,त्यसमा मुद्दा चलाउनुपर्ने हुन्छ जहाँ त्यस्तो अवस्था नरहेको उहाँको भनाइ थियो ।तर कसैको प्रस्ताव नस्वीकारेकोमा जबर्जस्ती बहालको करार गरेन भनेर मुद्दा दर्ता गरिनु नै उग्रवादी सोच भएक्क बताउदै फ्रिडम अफ कन्ट्रयाक्ट विपरीतको यस्तो कार्यले सामाजिक सद्भाव भड्काउने सोच भएकाले यस्तो काम सह्य हुँदैन ।

    घरबेटी प्रधानको परिवार,स्थानीय टोलवासी र विभिन्न संघ संस्थाले हिजो बिहान सरकारी वकिलको कार्यालय,बबरमहलअघिल्तिर सरस्वतीको रिहाई र समाजमा जातीय सद्भाव खल्बल्याउन खोजेको आरोपमा उनै रुपालाई पक्रेर हदैसम्मको कारबाही होस् भन्दै बिरोध गर्दै प्रदर्शन उत्रेको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै