• Sanu Raj Dangol

    • ९ असार २०७८, बुधबार २०:४९

    टोखा नगरपालिकाको ९ औं नगर सभाबाट , १ अर्व ८९ करोड ९४ लाख ७६ हजारको बजेट बिनियोजन :-

    टाेखा लाइभ / असार ९ काठमाडौं

    टाेखा नगरपालिकाको ९ औं नगर सभाको आज सभा अध्यक्ष टोखा नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नगर सभाको उद्घाटन गर्नु भएको हो।  टोखा ७ को लर्ड प्यालेस हलमा भएको नगर सभामा नगर प्रमुख,नगर उपप्रमुख सभा सदस्य ज्ञानमाया डंगोल, प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य ,प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम , जेष्ठ जनप्रतिनिधि गर्ने सभा सदस्य महेश्वर केसी ,दलित जनप्रतिनिधि गर्ने जेष्ठ नगरसभा सदस्य सुर्य कुमारी नेपाली ,जनजाति नेतृत्व गर्ने सभा सदस्य सिंहराज श्रेष्ठले आसन ग्रहण गर्नुभएको नगर सभामा टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले स्वागत मन्तव्य राख्ने क्रममा नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    टाेखा नगरपालिकाको नवौँ नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले आज उद्घाटन शत्रमा नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को लागि टोखा नगरपालिकाले रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो।जस्मा टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ ।

    नवौँ नगर सभामा आज विभिन्न राजनिती दलका प्रतिनिधिहरु,टाेखा वडा १ अध्यक्ष श्री कृष्ण अधिकारी , टाेखा वडा २ अध्यक्ष दिपक राज जोशी ,
    टाेखा वडा ३ अध्यक्ष सिंहराज श्रेष्ठ ,टाेखा वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टाेखा वडा ५ अध्यक्ष जगन्नाथ ढकाल,टाेखा वडा ६अध्यक्ष महेश्वर केसी ,टाेखा वडा ७अध्यक्ष नरोत्तम राना,टाेखा वडा ८ अध्यक्षकेशव बहादुर खत्री ,टाेखा वडा ९ अध्यक्ष जोग प्रसाद नेपाल ,टाेखा वडा १० अध्यक्ष मधुसुदन पाण्डे,टाेखा वडा ११ अध्यक्ष उत्तम अधिकारी,नगर प्रवक्ता बच्चुराज बस्याल,नगर कार्यपालिका सदस्यहरु,नगर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

    नवौ नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक विकास ,सामाजिक विकास , पुर्वाधार विकास , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत विकास तथा सेवा प्रवाह तथा सुशासन आदिका माध्यमबाट मानव विकास सूचङ्कमा स्तर उन्नति गर्दै द्विगाे विकास हासिल गर्ने लक्ष्य लिएको छ। जस्मा विभिन्न आकर्षक योजनाहरुलाई प्राथमिकतामा राखिएको छ।

     

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लक्ष्य प्राप्तिको लागि टाेखा नगर डिजिटल नगरको अवधारणा,जनता सुरक्षा कार्यक्रम ,मेयर उज्यालो कार्यक्रम , सामुहिक, सहकारी कौसी खेती , कृषकलाई उन्नत बीउ विजन उपकरण उपलब्ध गराउने नीति लिइने,परापुर्व काल देखि नै चाकुको लागि प्रख्यात टाेखा वडा २ र ३को पहिचानलाई जिवन्त राख्ने कार्यलाई निरन्तरता दिइने भएको छ। कृषि उत्पादनको मुल आधार , अनुसन्धान , शिक्षा र प्रसार , टाेखा नपाको अनुपम प्राकृतिक सौन्दर्य बाैडेश्वर झरना , भुतखेल चौर, शिवपुरी राष्ट्रिय निकुञ्जको सिमावर्ती क्षेत्रको निर्माणधिन पद मार्ग निर्माण ,टाेखालाई आकर्षक , रमणीय पर्यटकिय गन्तव्यको रूपमा विकास गर्ने,एक वडा एक सुपथ मुल्य सहकारी पसल, उद्यमको हात नगरको सदैव साथ ,सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मेयर दिवा खाजा कार्यक्रम ,सबैको लागि गुणस्तरीय शिक्षा भन्ने नाराका साथ एक वडा एक सामुदायिक विद्यालयको स्थापना,लैगिंक हिंसाबाट पीडित तथा प्रभावितहरुको लागि तत्काल स्थानीय उद्वार तथा राहत समिति ,जेष्ठ नागरिक स्रोत केन्द्र ,हाम्रो बालबालिका हाम्रो भविस्य ,टाेखा नगरपालिकाको सरोकार , महिलालाई अवसर र अधिकार ,  वडास्तरीय ,नगर स्तरीय खेलकुद समिति गठन गर्ने , हाम्रो युवा हाम्रो सान-एक वडा एक खेलकुद मैदान ,टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ ।

     

    स्तन क्यान्सर ,पाठेघर मुखको क्यान्सरको नि:शुल्क मेयर स्वास्थ्य कार्यक्रम ,गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्यको लागि महिला संग उपमेयर कार्यक्रम ,एक वडा एक योग- ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    टाेखा वडा २ र ३ को प्राचीन वस्तीलाई घोषित टाेखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिलाई थप व्यवस्थित बनाईने,”ऐतिहासिक ,सांस्कृतिक , पर्यटकीय समृद्ध टाेखा नगर ”को अभियानलाई सार्थक तुल्याउन नगरको इतिहास संस्कृति , मौलिक परम्परा समेत्ने पुर्वाधार निर्माणका फाेटाेहरु समेतिएको पुस्तक प्रकाशन गरिने,टाेखा वडा १ र २ लगायतमा रहेको प्राकृतिक पानीको मुहान क्षेत्र संरक्षणलाई निरंतरता दिने,नगर भित्र बृक्षाराेपण , हरियाली तथा हरित क्षेत्रको विस्तारको लागि अभियान संचालन गर्ने,नगर भित्र फोहोर संकलन व्यवस्थापन गर्न वडाको समन्वयमा कुचिकारको बन्दोबस्त गर्ने,सडक ,ढल,विद्यालय,पार्क स्वास्थ्य चौकी ,सामुदायिक वन हरुको विकास विस्तार गर्ने, एक वडा एक विपद सुरक्षित स्थल किटान गरि आवश्यक पुर्वाधार विकास गरिदै लगिने ,एक वडा एक उद्यान नितिलाई साकार पार्न योजना तथा कार्यक्रमलाई निरन्तरता दिने,एक घर दुई फलफूलको बिरुवा अभियानलाई निरंतरता दिइने भएको छ।

    घरभित्रको फोहोर घरभित्र नै व्यवस्थापन गर्न कम्पाेष्टविन उपलब्ध गराइ कम्पाेष्ट मल बनाउन आवश्यक तालीम सहितको कार्यक्रम लाई प्रभावकारी बनाउदै लगिनेछ।वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ भने स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको नगर प्रमुख प्रकाश अधिकारीले नवौं नगर सभामा सम्बोधन गर्नुभयो।

    नगरपालिकाको न्यायीक समिति प्रगति प्रतिवेदन गोपि कृष्ण पाठकले चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन् । दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको जानकारी दिनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै