• TOKHA LIVE

    • ८ असार २०७८, मंगलवार १९:०७

    रुपा सुनार विरूद्ध यल जातिय समाजको गंभीर ध्यानाकर्षण

    टोखा लाइभ ।२०७८ असार ८ गते।

    काठमांडौं। का.म.न.पा.-११ का सरस्वती प्रधानले पत्रकार तथा मोडल रुपा सुनारले आफुलाई जातिय बिभेदका कारण कोठा भाडामा नदिएको भनि गरिएको उजुरीको आधारमा प्रधानलाई प्रहरी हिरासतमा राखिएको प्रति यल जातिय समाज, यलले आज गम्भिर ध्यानाकर्षण गरेको छ ।

    उक्त विषयमाथि यल जातिय समाजका सदस्य समाज रंजितकार समाजको संयोजकत्वमा मिति २०७८/३/८ गते मंगलबार बिहान ११ बजे बटुक भैरब मन्दिर परिसरमा यल जातिय समाजका २० सदस्य समाजहरू, नेपाल भाषा मंकाः खल यल, नेवा दे दबु यल, नेवा ग्वाहाली पुचः, पिडित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समाजिक अभियन्ता यादव लाल कायस्थ, समाजिक अभियन्ता राजाराम तण्डुकार लगायतको सहभागितामा बसेको बैठकमा गम्भीर छलफल गरिएको थियो ।

    छलफलको निचोड अनुसार निज रुपा सुनारले आफु मिडियाकर्मी भएको नाजायज फाइदा उठाई अतिरंजित तरिकाले मिडियाबाजी गरि कहिँ कतैबाट घरधनीबाट जातिय बिभेद हुने गरि कुनैपनि कार्य नगरेको देखिन आएको र कोठा भाडामा दिने वा नदिने ब्यक्तिगत श्री सम्पत्तिको अधिकार अधिकार कुन्ठित गर्दै घरधनी सरस्वती प्रधानलाई नियतबस फसाइएको निचोड निकालेको थियो । अत : घरधनी सरस्वती प्रधानलाई तत्काल बिनासर्त रिहाइको माग गर्नुका साथै अतिरंजित तरिकाले जातिय बिभेद सम्बन्धी बखेडा निकालि आफु मिडियाकर्मी भएको फाइदा उठाएर सयौं बर्ष देखि चलिआएको जातिय सद्भावना खलबलाई समाजमा द्वन्द सृजना गर्न उद्धत रहेकोमा रुपा सुनारलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

    भविष्यमा यस्ता घट्ना हुन नदिन आजको बैठकको निर्णयानुसार ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख ढुण्डी प्रसाद निरौलालाई गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय पनि गरियो । अन्त्यमा , नेवा एकता कायम राखि जातिय विभेद करिव उन्मुलन तर्फ गईसकेको अवस्थामा यी यस्ता घट्नाप्रति यल जातिय समाज, यलले खेद प्रकट गरेको रंजितकार समाजका संयोजक समुन्द्रमान रंजितकारले व्यक्त गर्नु भयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै