• TOKHA LIVE

    • ७ असार २०७८, सोमबार २०:३२

    काठमाडौं प्रशासनका सबै सेवाहरु भोलिबाट सुचारु हुने

    टोखा लाइभ ।२०७८ असार ७ गते

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कारण स्थगित जिल्ला प्रशासन कार्यालय काठमाडौंको सबै सेवाहरु भोलिबाट सुचारु हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वैशाख १३ गतेबाट प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको थियो । आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए ।

    ‘कोभिड(१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८र०३र०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा भनिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै