• TOKHA LIVE

    • ७ असार २०७८, सोमबार २०:०४

    जहाँ समस्या त्यहाँ नेपाल स्काउट:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ डट कम /असार ७,२०७८

    जहाँ समस्य त्यहाँ नेपाल स्काउट जनताको लागि उद्धार तथा राहतका लागि आफ्नो ज्यान जोखिममा राखि नेपाल स्काउटको टोली पुगिन्छ। कहिले नोबेल कोरोना भाईरस कोभिड-१९ को महामारीमा त कहिले विनासकारी भूकम्पको समयमा त कहिले अविरल बर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको समयमा उद्धारका लागि दिन रात नभनी सेवा गर्न पुगिन्छ।

    हो त्यस्तै अर्को एउटा उदाहरण बनेको छ, सिन्धुपाल्चोक
    मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकको
    मेलम्ची तथा इन्द्रावती वितण्डा अझै रोकिएको छैन। बाढी र पहिरोका कारण ठूलो संख्यामा जनधनको  क्षति भएको छ भने बस्ती नै जोखिम हुनेगरी खोलाले कटान गरिरहेकाले विस्थापित हुनेहरूको संख्या बढ्दो छ। गत मङ्गलबार भएकाे अविरल बर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको मेलम्ची आसपासका जनतालाई उद्धार तथा राहतका लागि नेपाल स्काउटको टोली मङ्गलबार प्रभावी क्षेत्र मेलम्ची पुगेर सेवा प्रदान गरेको छ विपद व्यवस्थापन तालिम प्राप्त स्काउटको टोलीले बाढीको हिलोमा फसेका मानिसको उद्धार गर्नुका साथै बाढीले प्रभावित ५० ओटा घरबाट सामानहरू सुरक्षित तबरले निकाल्ने कार्य समेत गरेको थियो।

    उद्धारका साथसाथै नेपाल स्काउटले प्रभावित जनतालाई तत्काल आवश्यक राहत उपलब्ध गराएको थियो। राहत सामग्रीमा २००० प्याकेट चाउचाउ १५० थान त्रिपाल सामग्री वितरण गरिएको थियो भने अन्य राहत सामग्री नेपाल स्काउट प्रधान कार्यलयमा संकलन भइरहेका छन्।
    हाल सम्म बाढी र पहिरोको कारण ठूलो संख्यामा मानवीय क्षति भएकाे आशंका गरिएका छन्। बाढीसँगै आएको लेदोको कारण मेलम्ची बजार बगरमा परिणत भएको र थुपै पुल बाटोघाटो बाडीले बगाएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै