• TOKHA LIVE

    • ७ असार २०७८, सोमबार १४:५५

    जातको कारण रुपालाई घरभाडामा नदिएको होईन –सरस्वती प्रधान

     

    २०७८ असार ७ गते सोमबार

    टाेखालाइभ । दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानले मुख खोलेकी छन् । उनले आफूलाई लागेको आरोप अस्वीकार गरिन् ।

    प्रधानका अनुसार रुपा सुनार बबरमहलस्थित उनको घरमा कोठा हेर्न आएकी थिइन् र कोठा मन पराएकी थिइन् । तर, आफूले भने कुनै निर्णय नदिएको उनको दावी छ ।

    ‘समाचारमा आएजस्तो कोठा भाडामा दिने कन्फर्म गरिसकेर जातका कारण पछि हटेको भन्ने होइन,’ प्रधानले नेपाल प्रेससँग भनिन्, ‘मैले परिवारसँग सल्लाह गरेर खबर गर्छु है छोरी भनेर पठाएकी थिएँ । जातपातको कुरै होइन ।’ उनले थपिन्, ‘मेरो पनि त सबै अधिकार छैन नि । घरमा सासुआमा, श्रीमानलाई सोध्नुपर्छ । एक्लै निर्णय लिन मिल्दैन ।’

    जातको कुरा आफूले नभएर रुपाले नै निकालेको उनले बताइन् ।

    ‘उनले म त कामी हुँ आन्टी, अप्ठेरो हुन्छ कि हुँदैन भनेर सोधेकी थिइन् । मैले घरमा सल्लाह गर्छु मात्रै भनेको हुँ, दिने÷नदिने केही भनेको छैन,’ प्रधानले भनिन् ।

    उनको थप तर्क छ, ‘कोठा हेर्न त धेरै मान्छे आइरहेका हुन्छन् । आउनेबित्तिकै दिइहाल्ने कुरा हुँदैन नि ! भोलि के, कसो पर्छ, सबै कुरा विचार गरेर दिइन्छ । आफ्नो घरको विषयमा यति निर्णय गर्ने अधिकार त हुन्छ नि होइन सर ?’

    २४ वर्षिया सञ्चारकर्मी रुपा सुनारले आफूलाई जात सोधेर दलित भएको थाहा पाएपछि कोठा दिन इन्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । तीन दिनअघि उनले दिएको जाहेरीमा ५८ वर्षिया प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही माग गरिएको छ ।

    साभार : नेपाल प्रेस डटकमबाट

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै