• TOKHA LIVE

    • ६ असार २०७८, आईतवार २०:१६

    काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थपियो, निजी गाडीमा जोर–बिजोर, पसल वारअनुसार खुल्ने:-

    टाेखालाइभ /असार ६, २०७८
    काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ ।उपत्यकाका तीन प्रमुख जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा थपे संगै अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ ।

    निजी सवारी साधनलाई जोर–बिजोरअनुसार चल्न दिइने निर्णय उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको छ । ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइने भएको छ ।
    निषेधाज्ञा थपिएसँगै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय, घरायसी सामान बिक्री गर्ने सामग्री खोल्न दिइने छ ।
    सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ । खाद्यान्न, दूध, तरकारी , किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ ।
    रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।
    अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा रोकतोक छैन । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै