नविना श्रेष्ठ
टाेखालाइभ डट कम/असार ५,२०७८
कोभिड-१९ कोरोनाको दोस्रो लहरको महामारीले गर्दा यसपालि नेपाल स्काउटको ७०औं स्थापना दिवस आज भर्चुअल माध्यमबाट मनाइदै छन् ।
यस विषम परिस्थितिमा सम्पूर्ण स्काउट कार्यालय तथा स्काउट सदस्यहरुलाई आवस्यक सुरक्षा सर्तकता अपनाउदै उपलब्ध डिजिटल प्लेटफर्मको उपयोग गरि स्काउटको समितिले स्थापना दिवस मूल समारोह कार्यक्रम आज असार ५ गते शनिबारको दिन भर्चुअल माध्यमबाट जुम मिटिङको आयोजना गरि मनाउन लागेको हो।
स्काउट स्थापना दिवसको कार्यक्रममा
सबै स्काउटहरूको सहभागीताका लागि स्काउटको राष्ट्रिय समितिले सवैमा अनुरोध समेत गरेको छ। नेपालमा नेपाल स्काउटको स्थापना २००९ सालमा भएकाे थियाे। २००९ साल देखिको स्काउटको गन्तव्य आज सम्म पनि उतिकै निरन्तर रूपमा अगाडि बढिरहेको छ।


