नविना श्रेष्ठ
टाेखालाइभ /असार ५,२०७८
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी र माननीय गृहमन्त्री खगराज अधिकारी बीच हिजो सिंहदरवार स्थित गृह मन्त्रालयमा भेटवार्ता भएको थियो।
गृह मन्त्रालयमा भएको भेटघाटमा नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउटले विपद व्यवस्थापनको क्षेत्रमा गरिरहेको काम र स्काउटिंग विस्तारबारे जानकारी गराएका छन्।
विपद व्यवस्थापनमा स्काउटको भूमिकाको प्रशंसा गर्दै संस्थामा भएका अन्य समस्या समाधान गर्न समेत र क्रमिक रूपमा सहयोग गर्ने माननीय गृहमन्त्री खगराज अधिकारीले बताए छन्।
भेटघाटमा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई समेतको सहभागी रहेकाे थियो।

